३८ युनिट रगत संकलन

पाेखरा | भदौ १०, २०८०

३८ युनिट रगत संकलन

पोखरा:    लेकसाईड मदिरा व्यवसायी समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । ब्यवसायसंगै समाजिक सेवा प्रदान गर्ने उद्देश्यले लेकसाईडको ओरेगन मल्टि ट्रेडर्सको प्राङगणमा सम्पन्न रक्तदानमा ३८ जनाले रक्तदान गरेका हुन ।


गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पहिलो रक्तदाता लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटालाई  ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको कार्यक्रममा समितिमा आवद्ध र अन्य गरी ३८ जनाले रक्तदान गरेका हुन ।


सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले व्यवसायीहरुले आफ्नो व्यवसायसंगै सामाजिक क्षेत्रमा समेत अगाडी बढ्नु आफैमा स्रहानिय काम भएको बताउदै आगामी दिनमा पनि यस्ता सामाजिक कामहरुलाई निरन्तरता दिन आग्रह गरे ।


सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले लेकसाईडमा रहेका मदिरा व्यवसायीहरुलाई संगठित गराइ समिति बनाएर सामाजिक काम गर्दै गर्दा अझैपनि केही ब्यापारीहरुले अनुमति नलिइकन मदिराजन्य पदार्थहरु बिक्री वितरण गरिरहेको र त्यसको अनुगमनका लागी सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए ।


लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाले लेकसाईडमा रहेका मदिरा व्यवसाय गर्नेहरुलाई एकतृत गरेर समिति गठन गरेर आफ्नो समितिले रक्तदान कार्यक्रमबाट सामाजिक कामको शुरुवात गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । यसअघि फेवातालमा जलकुम्भी झार फाल्ने कार्यक्रम समेत सम्पन्न गरिसकेको उनले जानकारी दिए ।

 

लेकसाईड मदिरा व्यवसायी समितिका सचिव कृष्ण बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा दत्त गौतमले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संयोजक राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्